जीवनपथको कुनै मोडमा स्मृतिरोगी हिड्दा–हिड्दै लड्न पुग्दा मुटुभरि घाउ लिएर बाँच विवश थियो । घाउ निकै चर्कन्थ्यो । यतिसम्म कि सहन नसकेर हृदयका क्रन्दनहरुलाई बाँधेर राख्दा–राख्दै फुत्केर बाहिर निस्कन्थ्यो । जतिबेला कता–कताबाट यही गीत आएर मल्हम–पट्टीको ब्यवस्था गरिदिन्थ्यो ।