Home » » मायाँलुको शहरमा मेरो गाउँमा घर छ

मायाँलुको शहरमा मेरो गाउँमा घर छ

खोक्रो आदर्शमा बाँच्ने एउटा दुर्लभ भावना न होः
पुरुषः 
शहर पसी उनकै घर बसेको
बस्दा–बस्दै मायाँमा फसेको
मायाँलुको शहरमा मेरो गाउँमा घर छ
हिलो भन्न पाउँदिनौ, धुलो भन्न पाउँदिनौ
उकाली र ओराली गरिराख्नुपर्छ ।

महिलाः 
छानो हाली पिरती छायाँको
भव्य महल बनाउँला मायाँको
मायाँलुले मलाई त शहरिया भन्छ
हिलो पनि भन्दिन, धुलो पनि भन्दिन
उकाली र ओराली सँगै गर्ने मन छ

पुरुषः 
फूलको पाउले भूईं कहिल्यै टेक्दैन
मेरो घरले घाम–पानी छेक्दैन
मायाँलुको शहरमा मेरो गाउँमा घर छ
हिलो भन्न पाउँदिनौ, धुलो भन्न पाउँदिनौ
उकाली र ओराली गरिराख्नुपर्छ

महिलाः 
यता पाइने गाडी र धन भा’का
मलाई चाहिने पवित्र मन भा’का
मायाँलुले मलाई त शहरिया भन्छ
हिलो पनि भन्दिन, धुलो पनि भन्दिन
उकाली र ओराली सँगै गर्ने मन छ ।

पुरुषः
हिड्छ्यौ कि त छोडपत्र लेखेर
चर्केका पाउ, ती बाउआमा देखेर
मायाँलुको शहरमा मेरो गाउँमा घर छ
हिलो भन्न पाउँदिनौ, धुलो भन्न पाउदिनौ
उकाली ओराली गरिराख्नुपर्छ ।

महिलाः 
बुझौंला नि तिम्रो साथ पाए
जहाँ अभाव त्यही हुन्छ उपाय
मायाँलुले मलाई त शहरिया भन्छ
हिलो पनि भन्दिन, धुलो पनि भन्दिन
उकाली र ओराली सँगै गर्ने मन छ 
Share this Post :
 
Copyright © (2008-2019). www.video-smritisangraha.com - All Rights Reserved
Template Bloggerized by Smritirogi