सम्बन्ध नै टुटेपछि, बोल्नुको के अर्थ भो ?
तिमीसँग मन अब खोल्नुको के अर्थ भो ?
तिमी खेल सम्झ्यौ, बर्षे भेल सम्झ्यौ ।
मेरो चोखो प्रेमलाई सधैं नेल सम्झ्यौ ।
सम्झौता नै टुटेपछि, भेट्नुको के अर्थ भो ?
ज्यूँदो लास बनिसकें, रेट्नुको के अर्थ भो ?
सम्बन्ध नै टुटेपछि ...
कोहीले फूल भन्यो, कोहीले भूल भन्यो
उही मायाँ मलाई आँसु मूल बन्यो
खरानी नै पारेपछि, पोल्नुको के अर्थ भो ?
सारा मन नै फाटेपछि, टाल्नुको के अर्थ भो ?
सम्बन्ध नै टुटेपछि ...