Recent Videos

Teej Special Programme in UAE (Organized by Nepalese Artist Group)


यूके, हङ्गकङ्ग, कोरियाको...

गीतकार / गायनः कला राई
संगीतकारः सुरेश अधिकारी
अभिनयः दुर्गा क्षेत्री / उर्मिला केसी
निर्देशनः केशव कटवाल


‘आऊ प्रिया...’ बोलको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक

लामो समयदेखि प्रवासमा रहेर पनि भिडियो निर्देशनमा रमाएका केशव कटवालको शब्दमा रहेको आधुनिक गीत ‘आऊ प्रिया...’ बोलको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ ।

झलक विवश र नित्य शिवाको युगल स्वरमा रहेको उक्त भिडियोमा गीतकार स्वयं अभिनयमा देखा परेका छन् । यूएईका विभिन्न स्थानहरुमा छायाङ्कन गरिएको मुनाल शिशिरद्वारा निर्देशित उक्त भिडियोमा गीतकारसहित गोपाल बस्नेत र एलिसा रुम्बाको अभिनय रहेको छ । टेकेन्द्र शाहले सम्पादन गरेको उक्त भिडियोको छायाङ्ककन प्रविन घिमिरेले गरेको हुन् ।

तिमी नै तिमी छौ मेरो सेरोफेरो

प्रवासी जीवनलाई विट मार्दै नेपालमै संघर्ष गर्छु भन्ने संकल्प गरेर स्वदेश फर्केका प्रकाश ढकाल ‘अञ्जान’ मोडलिङको क्षेत्रमा झुल्किएका छन् । प्रवासी बसाईमा सामाजिक कार्यमा समेत निकै सक्रिय अञ्जानले आफ्नो जीवनको गोरेटो नयाँ क्षेत्रमा परीक्षण गर्दैछन् । कला र सक्रिय कदमलाई केहीले पनि रोक्न सक्दैन । अञ्जानभित्र लुकेर रहेको त्यही कला र सक्रियता अब छल्किन थालेको छ । हेरौं, राजेन्द्र कँडेलको शब्द–सिर्जना, राजेन्द्र कँडेल र देवी घर्ती मगरको स्वरमा बि.के. रोल्पालीद्वारा संगीतवद्ध यो लोकदोहरी गीतमा प्रकाश ढकाल ‘अञ्जान’ र रुपा कँडेलको अभिनय ।

मायाँलुको शहरमा मेरो गाउँमा घर छ

खोक्रो आदर्शमा बाँच्ने एउटा दुर्लभ भावना न होः
पुरुषः 
शहर पसी उनकै घर बसेको
बस्दा–बस्दै मायाँमा फसेको
मायाँलुको शहरमा मेरो गाउँमा घर छ
हिलो भन्न पाउँदिनौ, धुलो भन्न पाउँदिनौ
उकाली र ओराली गरिराख्नुपर्छ ।

महिलाः 
छानो हाली पिरती छायाँको
भव्य महल बनाउँला मायाँको
मायाँलुले मलाई त शहरिया भन्छ
हिलो पनि भन्दिन, धुलो पनि भन्दिन
उकाली र ओराली सँगै गर्ने मन छ

पुरुषः 
फूलको पाउले भूईं कहिल्यै टेक्दैन
मेरो घरले घाम–पानी छेक्दैन
मायाँलुको शहरमा मेरो गाउँमा घर छ
हिलो भन्न पाउँदिनौ, धुलो भन्न पाउँदिनौ
उकाली र ओराली गरिराख्नुपर्छ

महिलाः 
यता पाइने गाडी र धन भा’का
मलाई चाहिने पवित्र मन भा’का
मायाँलुले मलाई त शहरिया भन्छ
हिलो पनि भन्दिन, धुलो पनि भन्दिन
उकाली र ओराली सँगै गर्ने मन छ ।

पुरुषः
हिड्छ्यौ कि त छोडपत्र लेखेर
चर्केका पाउ, ती बाउआमा देखेर
मायाँलुको शहरमा मेरो गाउँमा घर छ
हिलो भन्न पाउँदिनौ, धुलो भन्न पाउदिनौ
उकाली ओराली गरिराख्नुपर्छ ।

महिलाः 
बुझौंला नि तिम्रो साथ पाए
जहाँ अभाव त्यही हुन्छ उपाय
मायाँलुले मलाई त शहरिया भन्छ
हिलो पनि भन्दिन, धुलो पनि भन्दिन
उकाली र ओराली सँगै गर्ने मन छ 

भेट भो रोधीघरमा


गीतको बोलः भेट भो रोधीघरमा
स्वरः दिवान किनार र भिमु गुरुङ
शब्द÷संगीतः दिवान किनार
नृत्य–निर्देशनः एकेन्द्र सरा शंकर
अभिनयः धु्रव–पार्वती

Sixteen - Hindi Full Movie

1920 Evil Returns - Hindi Horror Movie

नेपाली चलचित्र झोले

नेपाली चलचित्र होस्टेल

अपने माँ बापको तूँ दिल न दुःखा, दिल न दुःखा

स्याङ्गजा सहयोग समाज, यूएईद्वारा आयोजित तीज विशेष कार्यक्रम–२०१४

नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा स्याङ्गजा सहयोग समाज, यूएईले आयोजना गरेको तीज विशेष सांगीतिक कार्यक्रमका केही झलकहरुः
 
Copyright © (2008-2019). www.video-smritisangraha.com - All Rights Reserved
Template Bloggerized by Smritirogi